गोरखा, ३ चैत । गोरखाको अजिरकोट गाउँपालिकाले जथाभावी रुपमा लालिगुँरास टिप्नेलाई कारबाही गर्ने भएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झाबुराम पन्थीले आज एक सूचना जारी गरी गाउँपालिकाअन्तर्गत पर्ने सिरानडाँडा, भच्चेक र कालिका मन्दिर परिसर तथा क्षेत्रमा रहेका लालिगुराँसका बोटहरुबाट फुल टिप्ने, भाँच्ने गरेको पाईएको हुँदा यदि कोही कसैले लालिगुराँसका फुलहरु टिप्ने, भाँच्ने गरेको पाईएमा कानून बमोजिम कारबाही गरिने जानकारी दिनुभयो ।
गोरखाको अजिरकोट गाउँपालिका वन काफल र लालिगुँरासका लागि प्रख्यात मानिन्छ ।
























