Home ब्रेकिङ नवनिर्वाचित सांसदलाई रास्वपाको अभिमुखिकरण, कार्यक्रम हलमा मोबाइल फोन निषेध

नवनिर्वाचित सांसदलाई रास्वपाको अभिमुखिकरण, कार्यक्रम हलमा मोबाइल फोन निषेध

0
56

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले नवनिर्वाचित सांसदहरुका लागि २ दिने अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । पार्टीले चैत ३ र ४ गते ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा अभिमुखिकरण कार्यक्रम गर्ने भएको हो ।

उक्त कार्यक्रममा प्रत्यक्ष र समानुपातिक दुबै तर्फका सांसदहरु सहभागी हुने पार्टीले जनाएको छ । कार्यक्रमको उद्घाटन समारोहमा पार्टी सभापति रवि लामिछानेले समबोधन गर्ने बताइएको छ ।

कार्यक्रममा सहभागी हुने सांसदहरुका लागि पार्टीले ६ बुँदे निर्देशन समेत जारी गरेको छ ।

यस्ता छन् निर्देशनहरु,

१) कार्यक्रम आवासीय हुनेछ। पार्टीले सबै सांसदहरूको खाना र आवास सुनिश्चित गरेको छ।
२) कार्यक्रम हलमा मोबाइल फोन प्रयोग निषेध हुनेछ।
३) कार्यक्रममा स्थलमा अन्य व्यक्ति वा पाहुनाको प्रवेश निषेध हुनेछस परिवार सदस्य, साथी वा अन्य अतिथि होटलमा
आमन्त्रण नगर्न निर्देशन गरिएको छ।
४) वाहन पार्किड: होटलमा तपाईलाई छाडेपछि वाहन होटल परिसरमा वा बाहिर पार्क गर्न सकिनेछ। चालक तथा अन्य
व्यक्तिको भोजन र आवासको व्यवस्था तपाईको जिम्मेवारी हुनेछ। सो व्यबस्था अन्य होटल वा स्थानमा गर्न अनुरोध

५) सांसदहरूले कार्यक्रम स्थलमा परिवार सदस्य वा अन्य व्यक्तिसँग भेटघाट, फोटो खिच्ने वा बैठक नगर्न निर्देशन छ।
६) पोशाक : व्यवसायिक क्याजुअल

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here