नेपालले परराष्ट्र नीतिमा सन्तुलन कायम राख्नुपर्छ : पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइराला

0
39

काठमाडौँ, २ चैत । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले नेपालले परराष्ट्र नीतिमा सन्तुलन कायम राख्नुपर्ने बताउनुभएको छ ।

पूर्वउपप्रधान एवं परराष्ट्रमन्त्रीसमेत रहनुभएकी कोइरालाले आज सञ्चारकर्मीसँग कुरा गर्दै सबै छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई सन्तुलन कायम राख्नुपर्ने बताउनुभएको हो । नेत्री कोइरालाले कांग्रेसलाई आधुनिकीकरण र प्रविधिमैत्री बनाएर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले पार्टीभित्र र देशभित्र सहमति, सहकार्य र एकताको खाँचो रहेको औँल्याउनुभयो ।

उहाँले कांग्रेस सभापति गगनकुमार थापाले पार्टीभित्र सबैलाई समेटेर अगाडि बढ्नुपर्ने बताउनुभयो । नेत्री कोइरालाले कांग्रेसले जेनजी आन्दोलनको मर्म र भावनालाई सम्बोधन गरेर अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो । पार्टीको हरेक संरचनामा युवा सहभागिता आवश्यक रहेको उहाँको भनाइ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here