निर्वाचनपछि पहिलोपटक कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

0
27

काठमाडौँ, १ चैत । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको छ । प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो पटक कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो ।

बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपीनगर, ललितपुरमा बस्ने कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो ।

बैठकले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याको आधारमा प्रतिनिधि सभा सदस्य छनोट गरी निर्वाचन आयोगमा पठाउने निर्णय गर्ने कार्यक्रम रहेको छ ।

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि कांग्रेस केन्द्रीय कार्यालयले निर्देशानुसार अनुरोध गरेको छ ।

यसअघिको निर्वाचनको पहिलो दल कांग्रेसले अहिलेको निर्वाचनमा आधाभन्दा कम सिट जितेको छ । प्रत्यक्षतर्फ १८ सिट जितेको कांग्रेसले समानुपातिकमा २० सिट जितेको छ । कांग्रेसले चुनावी समीक्षासमेत गरेको छैन ।

कांग्रेस प्रवक्ता देवराज चालिसेले आज समानुपातिकको नाम टुंगो लगाइने बताउनुभयो । उहाँले आजको बैठकमा अन्य विषयमा सामान्य छलफल हुन सक्ने भए पनि मुख्य विषय भने निर्वाचन आयोगलाई सिफारिस गर्ने समानुपातिक सदस्यको नाम टुंगो लगाइने रहेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here