Home ब्रेकिङ मनोहरास्थित सुकुमवासी बस्ती भत्काउन डोजरसहित टोली पुग्यो

मनोहरास्थित सुकुमवासी बस्ती भत्काउन डोजरसहित टोली पुग्यो

0
36

काठमाडौं, १३ बैशाख । भक्तपुरको मनोहरास्थित सुकुमवासी बस्ती भत्काउन डोजरसहित सुरक्षाकर्मीहरु पुगेका छन् ।

हिजो भत्काउने प्रयास गर्दा स्थानीय विरोधमा उत्रिएका थिए । स्थानीयले ढुंगामुढा गरेपछि सुरक्षाकर्मी समेत घाइते भएका थिए । त्यसपछि फर्किएको डोजरसहितको टोली आज बिहानै पुनः मनोहरा क्षेत्रमा पुगेको छ । सुकुमवासी बस्ती वरपर बाक्लो संख्यामा सुरक्षाकर्मी खटाइएको छ ।

शनिबार काठमाडौं महानगरपालिकाले थापाथली र गैह्रीगाउँको सुकुमवासी बस्तीमा डोजलर लगाएको थियो । आज मनोहराको सुकुमवासी बस्ती हटाउने योजना छ ।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here