रवि लामिछाने ६५ लाख धरौटीमा रिहा

0
4

२०८१ पुस २६ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ६५ लाख धरौटीमा रिहा भएका छन् । सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले उनलाई हिजो बिहीबार ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । गत २ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई कास्की प्रहरीको हिरासतमा राखिएको थियो ।

अदालतले पूर्वडीआईजी तथा गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीलाई पनि ८८ लाख धरौटीमा छोडेको छ । अदालतले एमालेबाट गण्डकी प्रदेशसभाकी पूर्वसदस्य मीना गुरुङ, लीला पछाई, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ र आरती गुरुङलाई समेत धरौटीमा छाड्ने आदेश दिएको छ ।

जोशीसँग ८८ लाख, पछाईसँग ३७ लाख, खनालसँग १५ लाख, कृष्णबहादुर गुरुङसँग १ लाख, मीना गुरुङसँग ५ लाख र आरती गुरुङसँग ५ लाख धरौटी माग गरिएको थियो ।पछाईबाहेक ६ जना धरौटी बुझाएर बिहीबारै हिरासतमुक्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here