Home राजनीति कांग्रेस केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्दै

0
65

काठमाडौँ, १ माघ । नेपाली कांग्रेस विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो केन्द्रीय समिति बस्दैछ । विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएपछिको केन्द्रीय समितिको पहिलो बैठक बस्न लागेको हो ।

कांग्रेस सहमहामन्त्री महामन्त्री प्रदीप पौडेलका अनुसार ललितपुरको कुपण्डोलमा केन्द्रीय समितिको बैठक बस्न लागेको हो ।बैठक साढे १० बजे बस्नेछ। पहिलो बैठकबाट नै आगामी फागुन २१ मा तय गरिएको निर्वाचनको तयारी लगायतका विविध विषयमा छलफल हुने बताइएको छ ।

त्यस्तै, पार्टीको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएकाले कागजात अध्यावधिक गर्ने लगायतका कार्यका लागि निर्वाचन आयोग जाने लगायतका विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

कांग्रेस विशेष महाधिवेशनले थापाको नेतृत्वमा बुधबार राति पदाधिकारी र केन्द्रीय समिति सर्वसम्मत चयन गरेको हो।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here