काठमाडौँ, २२ असार । काठमाडौँ उपत्यकाका नदी, खोला किनारमा पानीको सतह बढेसँगै प्रहरीले गस्ती गरिरहेको छ । अविरल वर्षाका कारण धेरै ठाउँमा डुबान भएकाले सम्भावित जोखिमलाई दृष्टिगत गरी खोला किनारमा प्रहरीले गस्ती गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका सहायक प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपेश बस्यालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यहाँका खोला, नदीहरूमा पानीको सहत निकै बढेको छ, सम्भावित...