काठमाडौँ, ९ माघ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले उम्मेवारी फिर्ता लिनुभएको छ ।
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधीसभा निर्वाचनका लागि उम्मेवारी दिनुभएका डा भट्टराईले लोकतान्त्रिक पार्टीलाई समर्थन गर्नेगरी आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको हो ।
उहाँ आँखा चिन्ह लिएर प्रगतिशिल लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवार बन्नुभएको थियो । उहाँले लोकतन्त्रलाई बलियो बनाउनका लागि आफूले उम्मेवारी फिर्ता लिएको बताउनुभयो ।
विस २०७४ सालको निर्वाचनमा डा भट्टराई नेपाली कांग्रेसको समर्थनमा प्रतिनिधीसभा सदस्य निर्वाचित हुनुभएको थियो । सोही समय नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित प्रकाशचन्द्र दवाडीले डा भट्टराईको सहयोग आफूलाई हुने विश्वास व्यक्त गरे । दवाडी हाल कांग्रेसको तर्फबाट गोरखा क्षेत्र नं २ बाट प्रतिनिधी सभा सदस्य बनेका छन् ।
“विस २०७४ सालमा नेपाली कांग्रेसको सहयोगका कारण उहाँ प्रतिनिधीसभा सदस्य निर्वाचित हुनुभएको हो, त्यतिबेला म प्रदेश सांसद निर्वाचित भएको थियाँ, यसपटक उहाँले मलाई सहयोग गर्नुहुन्छ,”– दवाडीले भने ।



























