गोरखा क्षेत्र नं २ मा कांग्रेसका प्रकाशचन्द्र दवाडीद्वारा उमेदवार मनोनयन दर्ता

0
56

गोरखा, ६ माघ । गोरखा क्षेत्र नं २ मा नेपाली कांग्रेसको तर्फबाट युवा नेता प्रकाशचन्द्र दवाडीले उमेदवार मनोनयन दर्ता गर्नुभएको छ ।

गोरखाको विकास निर्माणमा निरन्तर सक्रिय दवाडीले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनको उमेदवार मनोनयन दर्ता गर्नुभएको हो ।

वि.सं २०७४ सालको प्रदेशसभा सदस्यमा निर्वाचित दवाडी गोरखाका लोकप्रिय नेता हुनुहुन्छ । उहाँ प्रदेश सभाको सांसद हुंदा गोरखाको विकासले नयाँ फड्को मारेको थियो ।

उमेदवार मनोनयन दर्तामा कांग्रेस गोरखाका नेता तथा कार्यकर्ताको वाक्लो उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here