Home ब्रेकिङ पार्टी फुटेको होइन, परिस्थिति बनाएर सानेपा जान्छौँ : महामन्त्री पौडेल

पार्टी फुटेको होइन, परिस्थिति बनाएर सानेपा जान्छौँ : महामन्त्री पौडेल

0
124

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित महामन्त्री प्रदीप पौडेलले परिस्थिति बनाएर मात्रै आफूहरू पार्टी मुख्यालय सानेपा जाने बताएका छन्।

निर्वाचन आयोगका पदाधिकारीसँग छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफूहरू संयमित ढङ्गले अघि बढ्ने बताए।

उनले भने,’पार्टीमा रहेका सबै नेताहरूसँग फेरि सँगै हिँड्नु छ, पार्टी फुटेको होइन, नेतृत्व परिवर्तन भएको हो। सानेपा परिस्थिति बनाएर जान्छौँ।’

उनले विधान भन्दामाथि केन्द्रीय समिति नहुने जिकिर गरे। उनले ८ सय महाधिवेशन प्रतिनिधिले नाम फिर्ता नलिएको दाबी गरे।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here