Home ब्रेकिङ विद्युतीय सार्वजनिक यातायातको सम्भाव्यता अध्ययन गर्न यातायात व्यवसायीको टोली भारतको चेन्नई प्रस्थान

विद्युतीय सार्वजनिक यातायातको सम्भाव्यता अध्ययन गर्न यातायात व्यवसायीको टोली भारतको चेन्नई प्रस्थान

0
20

काठमाडौँ, ९ असार । नेपालमा वातावरणमैत्री र आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यका साथ यातायात व्यवसायीको टोली भारत प्रस्थान गरेको छ ।

सार्वजनिक सवारी साधनलाई वातावरणमैत्री बनाउँदै लैजाने सरकारको योजनालाई साथ दिन र वातावरणमैत्री, आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यका साथ पूर्व यातायात व्यवस्थापन प्रालिको यातायात व्यवसायीको टोली आज दिउँसो भारतको चेन्नाई प्रस्थान गरेको हो ।

उक्त टोलीले चेन्नईस्थित चर्चित विद्युतीय सवारी साधन निर्माता कम्पनी ‘स्विच मोबिलिटी’द्वारा उत्पादित १२ मिटर लामो इलेक्ट्रिक बसको प्रत्यक्ष अवलोकन तथा प्राविधिक अनुसन्धान गर्ने टोलीका सदस्य श्री श्रेष्ठले जानकारी दिनुभयो ।
नेपालको सार्वजनिक यातायातलाई सुरक्षित, भरपर्दो र दिगो बनाउने योजनाअनुसार उक्त अध्ययन भ्रमणको आयोजना गरिएको उहाँले बताउनभयो । भ्रमणका क्रममा उक्त टोलीले १२ मिटरका विद्युतीय बसको क्षमता, ब्याट्री लाइफ, चार्जिङ पूर्वाधार, सुरक्षा मापदण्ड र नेपालको सडक अवस्थामा यसको उपयुक्तताबारे विस्तृत अध्ययन गर्ने बताइएको छ ।

पूर्व यातायात व्यवस्थापन प्रालिका अध्यक्ष सुनिल कुँवरले भ्रमणबाट प्राप्त हुने प्राविधिक जानकारी र अनुभवले नेपालमा विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवद्र्धन गर्न मद्दत पुग्ने बताउनुभयो ।“हाम्रो मुख्य उद्देश्य नेपालमा डिजेल र पेट्रोलबाट चल्ने सवारी साधनको विकल्पमा वातावरणमैत्री विद्युतीय बस सञ्चालन गर्ने सम्भावनाको खोजी गर्नु हो,”– उहाँले भन्नुभयो ।

स्विच मोबिलिटीले विश्वस्तरका अत्याधुनिक इलेक्ट्रिक बसहरू उत्पादन गर्दै आएको छ । विशेषगरी शहरी क्षेत्रका लागि उपयुक्त मानिने १२ मिटरका यी बसले प्रदुषण कम गर्न र यात्रीलाई आरामदायी यात्रा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

नेपालले पछिल्लो समय हरित ऊर्जा र कार्बन उत्सर्जन न्यूनीकरणमा जोड दिँदै आएको सन्दर्भमा यो अध्ययनलाई निकै महत्वका साथ हेरिएको छ । उक्त भ्रमणबाट प्राप्त हुने ज्ञान र सीपले नेपालको सार्वजनिक यातायात क्षेत्रमा नयाँ युगको सुरुवात गर्न र सुरक्षित तथा आधुनिक यातायात प्रणालीको जग बसाल्न ठूलो योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

भ्रमण टोलीमा प्रालिका पूर्व अध्यक्ष रजन रोका, सदस्य राजेन्द्र थापालगायत १६ व्यवसायीहरु हुनुहुन्छ ।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here