काठमाडौँ, ६ असार । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार एशोसियशको अध्यक्षमा रामप्रसाद गैरे निर्वाचित हुनुभएको छ ।
एशोसियशनको १३ औँ वार्षिक साधारणसभा तथा आज विहान सम्पन्न अधिवेशनबाट गैरेको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो । अध्यक्ष गैरेले १८६ मत ल्याएर विजय हुँदा उहाँका निकटतम प्रतिद्धन्द्धी किशोरकुमार केसीले ९५ मत प्राप्त गर्नुभएको छ ।
यस्तै, प्रथम उपाध्यक्षमा सुवर्ण लामा, द्धितीय उपाध्यक्ष हर्कबहादुर लिम्बु, तृतीय उपाध्यक्षमा हिरादेवी बुढाथोकी हुनुभएको छ । यसैगरी, महासचिव सुमनराज पाण्डे, सचिव हिमा गुरुङ, सहसचिवमा जगतबहादुर गुरुङ, कोषाध्यक्ष हिममाया कार्की र सहकोषाध्यक्ष कैलाश पाठक निर्वाचित हुनुभएको एशोसियशनका निवर्तमान अध्यक्ष दिपक थापाले राससलाई जानकारी दिनुभयो ।
यसैगरी, सदस्यमा विष्णुप्रसाद सापकोटा, नविन क्षेत्री पौडेल, ओम प्रकाश शिवाकोटी, शेरबहादुर कर्माचार्य, विक्रम खतिवडा, उर्मिला लामा, युवराज खतिवडा, राजेश मैनाली, पुण्यकुमार श्रेष्ठ, र मिलन पोखरेल विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ । निर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।
























