काठमाडौँ, ६ असार । बेदव्यास स्कूल सामाखुशीले कक्षा १२ को परीक्षामा शतप्रतिशत नतिजा ल्याई उत्कृष्ट सफलता हासिल गरेको छ ।
विद्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका सबै विद्यार्थीहरू उत्तीर्ण हुन सफल भएका हुन्।
विद्यालयका प्राचार्य ओमकार लम्सालले यस ऐतिहासिक उपलब्धि विद्यार्थीहरूको कडा परिश्रम, शिक्षकहरूको कुशल मार्गदर्शन र अभिभावकहरूको निरन्तर सहयोगको परिणाम भएको बताए । विद्यार्थीहरूको लगनशीलता र धैर्यताले गर्दा नै विद्यालयले यो गौरवपूर्ण सफलता प्राप्त गर्न सकेको विद्यालयले जनाएको छ ।
प्राचार्य लम्सालले आफ्ना विद्यार्थीहरूले देखाएको समर्पण र मेहनतले आज यो उपलब्धि सम्भव भएको बताए ।
विद्यालयले आफ्ना सबै सफल विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दछौं र उनीहरूको आगामी उज्ज्वल भविष्यको कामना गरेको छ ।
यस सुखद अवसरमा विद्यालय परिवारले सम्पूर्ण विद्यार्थी, शिक्षक र अभिभावकहरूमा कृतज्ञता व्यक्त गरेको छ। आगामी दिनहरूमा पनि शैक्षिक गुणस्तरलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता विद्यालयले जनाएको छ।
























