Home विविध विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएको भन्दै भच्चेक माविका शिक्षक अनुप अधिकारीलाई सम्मान

विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएको भन्दै भच्चेक माविका शिक्षक अनुप अधिकारीलाई सम्मान

0
35

गोरखा, ६ असार । गोरखाको अजिरकोट गाउँपालिका वडा नं ३ मा अवस्थित श्री भच्चेक माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८२ को एसईई परीक्षामा उत्कृष्ट सफलता हासिल गरेको छ।

उक्त परीक्षामा विद्यालयको अतिरिक्त गणित विषयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएपछि विद्यालय र सम्बन्धित विषय शिक्षक सम्मानित भएका छन् ।

विद्यार्थीहरूलाई उत्कृष्ट नतिजा दिलाउन सफल भएकोमा अतिरिक्त गणित विषयका शिक्षक अनुप अधिकारी लाई अजिरकोट गाउँपालिकाले विशेष ‘प्रशंसा पत्र’ सहित सम्मान गरेको हो।

गाउँपालिकाका अध्यक्ष दीपक देवकोटा, प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थी र शिक्षा अधिकृत सिताराम पन्तद्वारा संयुक्तरूपमा हस्ताक्षरित उक्त प्रशंसा पत्र शिक्षक अधिकारीलाई एक समारोहका बीच प्रदान गरिएको थियो।

उक्त अवसरमा सम्मानित शिक्षक अनुप अधिकारी तथा विद्यालय परिवारले गाउँपालिकाप्रति हार्दिक आभार व्यक्त गरेको छ।

शिक्षा क्षेत्रको विकास, शिक्षकहरूको हौसला अभिवृद्धि र विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि स्थानीय सरकारले देखाएको यो तत्परता र सम्मानले आगामी दिनमा अझ थप ऊर्जाका साथ अध्यापन गराउन प्रेरणा मिलेको शिक्षक अधिकारीले बताए ।

“दिगो विकास, हाम्रो सोच, सुन्दर, शान्त, समृद्ध अजिरकोट” भन्ने मूल नारालाई आत्मसात् गर्दै शिक्षा क्षेत्रमा लगानी र प्रोत्साहन बढाएकोमा अजिरकोट गाउँपालिकालाई सम्पूर्ण विद्यालय परिवार र स्थानीय समुदायले धन्यवाद ज्ञापन गरेका छन्।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here