Home राजनीति पूर्वमन्त्री दिपक खड्काले भने,– मेरा विरुद्ध ‘मिडिया ट्रायल’ गरियो

पूर्वमन्त्री दिपक खड्काले भने,– मेरा विरुद्ध ‘मिडिया ट्रायल’ गरियो

0
17

काठमाडौँ, ७ जेठ । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दीपक खड्काले आफूमाथि ‘मिडिया ट्रायल’ भएको बताउनुभएको छ ।

नयाँ पत्रिका दैनिकमा आज प्रकाशित ‘पूर्वमन्त्री खड्कासँग भेटियो एक अर्बमाथिको सम्पत्ति, धेरै सम्पत्तिको स्रोत खुलाउन सकेनन्’ भन्ने समाचारमा कुनै सत्यता नरहेको र ‘मिडिया ट्रायल’ भइरहेको भन्दै आपत्ती जनाउनुभयो । उक्त समाचार भ्रामक र चरित्र हत्या गर्ने उद्देश्यले प्रेरित रहेको उहाँको भनाई छ ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै खड्काले आफू राजनीतिमा आउनुअघि देखि नै व्यवसायमा संलग्न रहेको र आफ्नो व्यवसायको एक–एक हिसाब र अडिट पारदर्शी रहेको बताउनुभयो । “म राजनीति मात्रै गर्दिन, राजनीतिमा आउनुअघि देखि नै व्यवसाय गर्दै आएको थिएँ, सबैको अडिटसहित एक–एक कर राज्यलाई तिरेको छु,”– उहाँले भन्नुभयो ।

नेता खड्काले आफूमाथि यसअघि पनि सम्पत्ति शुद्धीकरण विभागले ८ महिनासम्म अनुसन्धान गरेको र सो क्रममा सर्वोच्च अदालतबाट आफूले न्याय पाइसकेको स्मरण गराउनुभयो ।

“राज्यका सबै निकायले गर्ने अनुसन्धानमा मेरो सदैव सहयोग रहन्छ। सम्पत्ति शुद्धीकरण विभाग, आन्तरिक राजस्व विभाग हुँदै राजस्व अनुसन्धान विभागसम्म पु¥याएर थुन्ने अनेकौं प्रयास गर्दा पनि सम्मानित सर्वोच्च अदालतबाट न्याय मिलेको सबैमा जगजाहेर नै छ,”– उहाँले भन्नुभएको छ ।

नियोजित रुपमा आएका समाचारले आफ्नो छवि बिगार्न खोजेको भन्दै उहाँले यसविरुद्ध कानुनी उपचार खोज्ने बताउनुभयो । नेता खड्काले उक्त समाचारप्रति प्रेस काउन्सिल नेपालमा निवेदन दिइसकेको र कानुनी प्रक्रिया सुरु गरेको जानकारी दिनुभएको छ । “खाएको विष लाग्ने हो, नखाएको लाग्दैन, म भगवानप्रति विश्वास गर्छु, मेरो बदनाम गर्न खोज्नेलाई सत्य र तथ्य खोज्ने सद्–बुद्धि आओस्,”– उहाँले भन्नुभएको छ ।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here