काठमाडौं, ४ जेठ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।
उनी वीरगञ्जबाट पक्राउ परेका हुन् । प्रहरीले उनलाई वीरगञ्जको दियोलो होटलबाट पक्राउ गरको हो ।
उनलाई ‘माथिको आदेश’ भन्दै प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी स्रोतले उनी पक्राउ परेको पुष्टि गरे पनि कुन कसुरमा पक्राउ गरिएको भन्नेबारे थाहा नभएको बताएको छ ।























