Home पर्यटन तीन प्रदेशका गाउँको पर्यटन प्रवर्द्धन गरिँदै

तीन प्रदेशका गाउँको पर्यटन प्रवर्द्धन गरिँदै

0
28

काठमाडौँ, २५ वैशाख । तीन प्रदेशका गाउँको पर्यटन प्रवर्द्धनमा गाउँ पर्यटन प्रवर्द्धन मञ्च जुटेको छ । मञ्चले हालै मधेस प्रदेशको पर्सास्थित सुवर्णपुर, बागमती प्रदेशको चितवनस्थित माडी र गण्डकी प्रदेशको तनहुँस्थित बन्दीपुर गाउँको पर्यटन प्रवर्द्धन गरेको हो ।

मञ्चका अध्यक्ष हरिशरण थपलियाले नेपालका ग्रामीण क्षेत्रको पर्यटन प्रवर्द्धनमार्फत मुलुकको आर्थिक विकासका लागि पर्यटकीय सम्भावना भएका गाउँको पर्यटन प्रवर्द्धनको काम थालिएको बताउनुभयो । पर्साको ठोरी गाउँपालिकाको सुवर्णपुरस्थित ‘सुवर्णपुर सुनाखरी मध्यवर्ती सामुदायिक होमस्टे घरबास’, चितवनको माडीमा घरबास र तनहुँको बन्दीपुरस्थित होमस्टेको अध्ययन र पर्यटन विकासको चुनौतीबारे छलफल पनि गरिएको उहाँको भनाइ छ ।

गाउँ पर्यटनको विकासको क्षेत्रमा विंस २०५३ देखि काम गर्दै आएको मञ्चले हाल देशभरका सातै प्रदेशका करिब ५० वटा गाउँको ग्रामीण पर्यटन प्रवर्द्धन गरिसकेको छ । गाउँमा उत्पादित रैथाने खानाको प्रवर्द्धन, परम्परागत संस्कृतिको जर्गेना र स्थानीय स्तरको रहनसहन भेषभुसाले पर्यटन प्रवर्द्धनमा थप सहयोग पुग्ने अपेक्षा भिटोफले गरेको छ । अध्यक्ष थपलियाले यस्ता भ्रमणले ग्रामीण पर्यटनको नयाँ गन्तव्य पहिचान र प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here