Home ब्रेकिङ पूर्णबहादुर खड्काले बोलाए १४ औँ महाधिवेशनको केन्द्रीय कार्यसमितिको बैठक

पूर्णबहादुर खड्काले बोलाए १४ औँ महाधिवेशनको केन्द्रीय कार्यसमितिको बैठक

0
55

काठमाडौँ, १६ चैत । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा र डा शेखर कोइराला समूहले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । मंगलबार महाराजगञ्जको स्मार्ट होटलमा १४ औँ महाधिवेशनबाट आएको केन्द्रीय समिति बैठक आह्वान गरिएको हो ।

‘१४ औँ महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमिति बैठक आह्वान भएको हो । निवर्तमान कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले नेताहरूलाई टेलिफोन गरेर बैठक आह्वान गरिएकोले सहभागी हुन भन्दै जानकारी दिइरहेका केन्द्रीय सदस्यहरूले बताएका छन् ।

बैठकमा समसामयिक राजनीति र सर्वोच्च अदालतमा आफूहरूले दायर गरेको रिटबारे छलफल हुने खतिवडाले बताइन् । सर्वोच्चमा दायर रिटको पेसी चैत २२ गतेका लागि तोकिएको छ ।

गत पुसमा भएको विशेष महाधिवेशनले चयन गरेको नयाँ नेतृत्वलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको देउवा, डा कोइराला समूहले समानान्तर गतिविधि सुरु गरेको हो । पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेका खड्काले समानान्तर गतिविधि सुरु गरेका थिए ।

देउवा,डा कोइराला समूहले प्रतिनिधिसभामा निर्वाचित पार्टीका सांसदहरूलाई सोमबार बधाइको कार्यक्रम पनि राखेका छन् । निवर्तमान कार्यवाहक सभापति खड्काले तत्कालीन केन्द्रीय कार्यसमिति बैठक लगत्तै प्रदेश सभापति र जिल्ला सभापतिहरूको पनि भेला बोलाउने तयारी गरेका छन् ।

उनीनिकट स्रोतले प्रदेश सभापति र जिल्ला सभापतिहरूको भेला बोलाउने तयारी गरिरहेका छन् ।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here