भिटोफ नेपालको अध्यक्षमा थपलिया, दाहाल र पाण्डेबीच प्रतिस्पर्धा

0
3

काठमाडौँ, २७ फागुन । गाउँ पर्यटन प्रबद्र्धन मञ्च (भिटोफ) नेपालको अध्यक्षमा तीनजनाले प्रतिस्पर्धा गर्ने हुनुभएको छ ।

भिटोफ नेपालको आगामी चैत २८ गते काठमाडौँमा हुन लागेको २७ औँ वार्षिक साधारणसभा तथा १३ औँ निर्वाचनका लागि भिटोफ नेपालका प्रथम उपाध्यक्ष हरिशरण थपलिया, द्धितीय उपाध्यक्ष मनहरि दाहाल र पूर्व सचिव दिपक पाण्डेले प्रतिस्पर्धा गर्न लाग्नुभएको हो ।

नेपालका ग्रामिण क्षेत्रको पर्यटन प्रवद्र्धनमा उल्लेख्य भूमिका खेलेको भिटोफ नेपालको दुई वर्षमा निर्वाचन हुन लागेको हो । भिटोफ नेपालको वर्तमान अध्यष शकुन्तला देवकोटा हुनुहुन्छ ।

विस २०५४ सालमा नेपालको ग्रामिण पर्यटनको विकासका लागि स्थापना भएको भिटोफमा हाल एक हजारभन्दा बढी सदस्य आवद्ध हुनुहुन्छ । भिटोफ नेपालले गण्डकी प्रदेशको राजधानी पोखरामा गण्डकी भिटोफमार्फत ग्रामिण पर्यटनको विकास गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here