२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

धापासीमा तीनदिने ‘स्वर्णीम कृषि प्रदर्शनी तथा रैथाने व्यापार मेला’ हुँदै

बुधवार , कार्तिक १९, २०८३

काठमाडौँ, १८ कात्तिक । काठमाडौँको धापासीमा यही कात्तिक २० देखि २२ गतेसम्म ‘स्वर्णीम कृषि प्रदर्शनी तथा रैथाने व्यापार मेला’ हुने भएको छ ।

रैथाने एग्री प्रडक्ट्स नेपाल र विश्व प्रकृति संरक्षण कोषको संयुक्त आयोजनामा स्थानीय तथा रैथाने कृषि उत्पादनको प्रवर्द्धन, किसानको बजार पहुँच विस्तार तथा नेपाली मौलिक खाद्य संस्कृतिको संरक्षण गर्ने उद्देश्यले मेला हुन लागेको हो ।

रैथाने एग्री प्रडक्ट्स नेपालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपालका हिमाली, पहाडी र तराई क्षेत्रका किसान, उत्पादक र साना उद्यमीले उत्पादन गरेका स्थानीय तथा रैथाने कृषिउपज, खाद्यवस्तु, परम्परागत परिकार, रैथाने बीउबिजन तथा वातावरणमैत्री कृषि सामग्री मेलामा प्रदर्शन तथा बिक्री गरिने जानकारी दिइयो ।

त्यसअवसरमा आयोजक संस्थाका अध्यक्ष तिलक ढकालले तिहार तथा छठ पर्वको अवसर पारेर आयोजना गर्न लागिएको मेलामा ५० स्टल रहने जानकारी दिनुभयो । उक्त मेलामा पाँच हजार उपभोक्ता तथा सरोकारवालाको सहभागीता रहने आयोजकले जनाएको छ ।

अध्यक्ष ढकालले मेलाको मुख्य उदेश्य किसान र उपभोक्ताबीच प्रतक्ष्य सम्बन्ध स्थापित, स्थानीय उत्पादनको बजार विस्तार, किसान तथा साना उद्यमीको आयआर्जनमा सहयोग पु¥याउनु रहेको बताउनुभयो ।

मेला व्यवस्थापन समितिका संयोजक शिवप्रसाद आचार्यले स्थानीय बाली, कृषि जैविक विविधता, परम्परागत ज्ञान, सीप तथा नेपाली मौलिक खाद्य संस्कृतिको संरक्षण र पुस्तान्तरणमा मेलामा जोड दिइने जानकारी दिनुभयो ।

पर्यटनविज्ञ डा आलोक प्रसाईंले नेपाली रैथाने खानालाई पर्यटनसँग जोडेर देशको आर्थिक विकासमा लाग्नुपर्ने बताउनुभयो ।

यस्तै, रैथाने कृषि उपजको बजारीकरणमा संलग्न उद्यमी, व्यापारी तथा अनलाइन व्यवसायीबीच मेलामा छलफल तथा अन्तक्र्रिया हुने  छ ।

मेलामा आधुनिक तथा वातावरणमैत्री चुलोको महत्व, ऊर्जा वचत, धुवाबाट हुने प्रदूषण न्यूनीकरण तथा रैथाने परिकार तयार गर्ने विधिबारे छलफल र व्यवहारिक अभ्यास गरिने जानकारी गराइयो ।

ताजा अपडेट

चर्चित

सम्बन्धित समाचार