२०८३, आश्विन १७ गते

शनिवार, आश्विन १७ गते २०८३

वैदेशिक रोजगार व्यवसायी रबिन मेगालेमगर कांग्रेस महाधिवेशन प्रतिनिधीमा निर्वाचित

शनिवार , आश्विन १७, २०८३

 

काठमाडौँ, १७ असोज । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसियशनका पूर्व सदस्य रबिन मेगालेमगर नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ । 

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत धनकुटा जिल्लाबाट उहाँ महाधिवेशन प्रतिनिधीमा आदिबासी जनजाती कोटाबाट निर्वाचित हुनुभएको हो । 

वैदेशिक रोजगार व्यवसायीको क्षेत्रमा झण्डै दुई दशक विताईसक्नुभएका मेगालेमगर नेपाल बैदेशिक रोजगार व्यवसायी संघको पनि पूर्व अध्यक्ष हुनुहुन्छ । उहाँले नेपाली कांग्रेसको संगठन निर्माण तथा पार्टी गतिविधिमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ । 

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसियशन र वैदेशिक रोजगार व्यवसायी संघमा रहेर काम गरिसक्नुभएका मेगालेमगरलाई कांग्रेसको आगामी महाधिवेशनमा नीति, संगठन तथा समसामयिक विषयमा आफ्नो धारणा राख्ने अवसर प्राप्त भएको छ । 

उहाँले आफूलाई महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित गराउन सहयोग गर्ने सम्पूर्ण कांग्रेस नेता, कार्यकर्ता तथा प्रतिनिधिहरूप्रति आभार व्यक्त गर्नुभएको छ । 

 

ताजा अपडेट

चर्चित

सम्बन्धित समाचार