काठमाडौँ, ३० कात्तिक । नेपाली कांग्रेसको देउवा समूहको लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घको अध्यक्ष पदमा कुमार अधिकारी मनोनीत हुनुभएको छ ।
उक्त समूहको १५ औँ महाधिवेशन तयारी समितिका संयोजक डा शशांक कोइरालाले आज अधिकारीलाई लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घको अध्यक्ष पदमा मनोनित गर्नुभएको हो ।
अधिकारीलाई कांग्रेसको विधान २०१७ (संशोधन सहित)को धारा ४२ (१) च बमोजिम अध्यक्ष पदमा मनोनयन गरिएको हो । अध्यक्षमा मनोनयन गरिएका अधिकारीलाई ६ महिनाभित्र लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घको महाधिवेशन सम्पन्न गर्ने जिम्मा दिइएको छ ।