गोरखा, १० असोज । नेपाली कांग्रेसको आसन्न १५ औं महाधिवेशन अन्तर्गत गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट खुल्ला तर्फ महाधिवेशन प्रतिनिधि पदमा प्रकाशचन्द्र दवाडी निर्विरोध निर्वाचित हुनुभएको छ ।
नेपाली कांग्रेस गोरखाका स्थापित नेता दवाडी २०७४ सालमा गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो। त्यो निर्वाचनमा गोरखा जिल्लाभरबाट कांग्रेसबाट जित्ने एक्लो सांसद उहाँ नै हुनुहुन्थ्यो। लामो समय विदेशमा रहेर स्वदेश फर्किनु भएका उहाँ समाजसेवी र विकासप्रेमी नेताको रुपमा परिचित हुनुहुन्छ।
यस पटकको १५ औं महाधिवेशनमा पार्टी सुदृढीकरण र रुपान्तरणको एजेन्डा बोकेर खुल्ला तर्फबाट उम्मेदवारी दिनुभएका दवाडी निर्विरोध भएपछि आफुलाई निर्विरोध बनाउन सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिनुभएको छ ।