२०८३, आश्विन १६ गते

शुक्रवार, आश्विन १६ गते २०८३

कांग्रेस तनहुँ–सम्पर्क समितिका सभापति उत्तम मिश्र महाधिवेशन प्रतिनिधीको उम्मेदवार

शुक्रवार , आश्विन ९, २०८३

काठमाडौँ, ९ असोज । नेपाली कांग्रेस तनहुँ–काठमाडौँ सम्पर्क समितिका सभापति उत्तम मिश्र पार्टीको १५ औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधीको उम्मेदवार हुनुभएको छ । 

तीन दशक लामो राजनीतिक अनुभव बटुल्नुभएका व्यास नगरपालिका–१० तनहुँका मिश्रले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी प्रस्तुत गर्नुभएको हो । विद्यार्थी राजनीतिबाट कांग्रेसको संगठनमा सक्रिय हुनुभएका उहाँले तीन दशकभन्दा लामो राजनीतिक यात्राको अनुभवसहित महाधिवेशन प्रतिनिधिमा आफ्नो दाबी पेश गर्नुभएको हो । 

विद्यार्थी संगठनदेखि पार्टीका विभिन्न तह हुँदै नेपाल तरुण दलको केन्द्रीय सदस्यसम्मको जिम्मेवारी सम्हालिसकेका मिश्रले संगठन निर्माण, युवा परिचालन र पार्टीको आन्तरिक गतिविधिमा निरन्तर सक्रिय रहँदै आउनुभएको छ । 

मिश्रले विस २०५२ सालमा बाराही माध्यमिक विद्यालय, फराकचौरको नेपाल विद्यार्थी संघ अध्यक्षबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएको हो । विस २०५७ सालमा सरस्वती क्याम्पस, ठमेलमा स्वतन्त्र विद्यार्थी युनियनको सभापति पदमा प्रत्यासी बनेका मिश्र विस २०५९ सालमा नेविसंघ तनहुँ जिल्ला सदस्य र २०६२ सालमा नेविसंघ तनहुँ–काठमाडौं सम्पर्क समितिको अध्यक्ष बन्नुभयो ।

यस्तै, विस २०६८ देखि २०७२ सालसम्म नेविसंघ केन्द्रीय समितिको सदस्य तथा कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालेका मिश्रले विद्यार्थी राजनीतिमा आफ्नो अनुभव र संगठनात्मक क्षमता विस्तार गर्नुभएको छ । 

विद्यार्थी राजनीतिबाट प्राप्त अनुभवलाई पार्टी संगठनमा जोड्दै अघि बढ्नुभएका मिश्र विस २०७९ सालमा नेपाली कांग्रेस तनहुँ–काठमाडौं सम्पर्क समितिको सभापति बन्नुभयो । 

त्यसको एक वर्षपछि विस २०८० सालमा नेपाल तरुण दलको केन्द्रीय सदस्य बनेसँगै उहाँको राजनीतिक यात्रा विद्यार्थी संगठनबाट युवा संगठनको केन्द्रीय नेतृत्वसम्म पुगेको हो । 

विद्यार्थी संगठन र तरुण दलमा काम गरेको अनुभवलाई पार्टीको मूल संगठनमा थप जिम्मेवारी निर्वाह गर्ने आधारका रूपमा प्रस्तुत गर्दै मिश्रले महाधिवेशन प्रतिनिधिमा आफ्नो दाबी अघि सार्नुभएको हो । 

‘नयाँ सोच, सक्षम नेतृत्व, सबैका लागि कांग्रेस’ भन्ने नारासहित अघि बढेका मिश्रले राष्ट्रियता, प्रजातन्त्र र समाजवादका मूल आदर्शलाई आत्मसात् गर्दै समावेशी कांग्रेस निर्माण र समृद्ध नेपालका लागि योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

ताजा अपडेट

चर्चित

सम्बन्धित समाचार