२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

शनिवार , भाद्र २७, २०८३

काठमाडौँ, २७ भदौ । पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) को उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जितेको छ ।

शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न फाइनल खेलमा कर्णाली शिवराजलाई ३–० को सोझो सेटमा हराउँदै अन्नपूर्णले उपाधि जितेको हो । उपाधिसँगै अन्नपूर्णले रु २० लाख पुरस्कार राशि प्राप्त गरेको छ ।

फाइनल खेलमा अन्नपूर्णले एकतर्फी प्रदर्शन गर्‍यो । उसले पहिलो सेट २५–१५ ले सहजै जित्यो । दोस्रो सेटमा पनि कर्णालीविरुद्ध अन्नपूर्णले पूरा दबाब राख्यो । उसले दोस्रो सेट २५–२० ले आफ्नो पक्षमा पार्‍यो ।

तेस्रो सेट अन्नपूर्णले २५–१८ ले जित्दै इतिहास रच्यो । ऊ अब एनभिएलको पहिलो संस्करणको उपाधि जित्ने टोली बनेको छ । नेपालमा पुरुष भलिबलको व्यावसायिक लिग पहिलोपटक आयोजना गरिएको थियो ।

प्रतियोगिताको आयोजकमा केडिया ग्रुप रहेको छ । पहिलो संस्करणको एनभिएलमा छ टोलीको सहभागिता थियो ।

ताजा अपडेट

चर्चित

सम्बन्धित समाचार