काठमाडौँ, २२ भदौ । रसुवाको भोटेकोशी क्षेत्रमा हालै आएको विनाशकारी बाढीका कारण भएको मानवीय क्षतिप्रति ग्राण्डी इन्टरनेशनल हस्पिटल परिवारले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।
undefined
विपदमा परी ज्यान गुमाउनुभएका सम्पूर्ण व्यक्तिहरूको आत्माको चिरशान्तिको कामना गर्दै हस्पिटलले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको हो ।
मृतकहरूको सम्मान र शोकाकुल परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने उद्देश्यले आज अस्पताल परिसरमा एक विशेष शोक सभाको आयोजना गरिएको थियो ।
undefined
उक्त कार्यक्रममा अस्पतालका चिकित्सक, नर्स तथा प्रशासनिक कर्मचारीहरूको उपस्थितिमा एक मिनेट मौनधारण गरिनुका साथै दिवंगत आत्माको सम्झनामा दीप प्रज्वलन गरिएको थियो ।
अस्पताल प्रशासनले यस दुःखद् विपद्बाट प्रभावित तथा विस्थापित भएका परिवारहरूप्रति ऐक्यबद्धता प्रकट गर्दै, बाढीमा परी बेपत्ता हुनुभएका सम्पूर्णको शीघ्र खोजी तथा सकुशल उद्धारको कामना समेत गरेको छ ।
undefined
प्राकृतिक प्रकोपको यस कठिन घडीमा ग्राण्डी इन्टरनेशनल हस्पिटलले सामाजिक उत्तरदायित्व महसुस गर्दै पीडितको घाउमा मलम लगाउन र विपद् व्यवस्थापनमा सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरेको छ ।
कार्यक्रममा अस्पतालका प्रमुख व्यवस्थापक कर्णेल अमृत खन्ना, सहायक महाप्रबन्धकद्धय अर्चना प्रधान र हरि खड्का, नर्सिङ निर्देशक एलडी महर्जनलगायत अस्पतालका डाक्टर, नर्स तथा कर्मचारीको उपस्थिती रहेको थियो ।