काठमाडौँ, २७ साउन । वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन् ।
प्रहरीले जनआस्थाका सम्पादक श्रेष्ठलाई ललितपुरको कुसुन्ती बागडोलबाट आज साँझ पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँमा उनिविरूद्ध वैयक्तिक गोपनीयता ऐन सम्बन्धी कसुरमा जाहेरी दर्ता भएको बताइएको छ।
सो जाहेरीका आधारमा श्रेष्ठलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले पुष्टि गरे ।