Home ब्रेकिङ वाचनशिरोमणि नारायण पोखरेलको हत्याको निष्पक्ष छानबिन गर्न माग

वाचनशिरोमणि नारायण पोखरेलको हत्याको निष्पक्ष छानबिन गर्न माग

0
2

काठमाडौँ, ३१ जेठ । आध्यात्मिक क्रान्तिका द्योतक एवम् प्रखर वाचक, वाचनशिरोमणि पण्डित नारायण पोखरेलको ७२ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

विस २०११ साल ज्येष्ठ ३२ गते गोरखा जिल्लाको साविक बगुवा (हाल भीमसेन थापा गाउँपालिका–५) मा बुबा कृष्णप्रसाद पोखरेल र आमा लक्ष्मी पोखरेलको कनिष्ठ सुपुत्रका रूपमा उहाँको जन्म भएको थियो ।

नारायण गुरुले आफ्नो जीवनकालमा आध्यात्मिक चिन्तनलाई केवल पूजापाठ र कर्मकाण्डमा मात्र सीमित नराखी भौतिक विकास र सामाजिक रूपान्तरणको कडीका रूपमा स्थापित गर्नुभएको थियो ।

उहाँले पुराण वाचनका माध्यमबाट देशभर शैक्षिक संस्था, अस्पताल र अन्य भौतिक पूर्वाधार निर्माणमा अद्वितीय योगदान पु¥याउनुभएको थियो । विशेषगरी छुवाछुत, जातीय विभेद र सामाजिक कुरीतिविरुद्ध ’विगुल’ फुक्दै उहाँले धार्मिक अन्धतालाई सामाजिक जागृतिमा बदल्ने सन्देश प्रवाह गर्नुभएको थियो ।

जन्मजयन्तीको अवसरमा स्वर्गीय पोखरेलका सुपुत्र वाचन प्रविण दिनबन्धु पोखरेलले आफ्नो पिताको हत्याको सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग जोडदार माग गरेका छन् ।

विस २०६२ साल वैशाख २३ गते रूपन्देहीको रामापुरमा उहाँको निर्मम हत्या भएको थियो। । उक्त घटना घटेको झण्डै दुई दशक पुग्न लाग्दा पनि हत्याको रहस्य अझै गर्भमै रहेको भन्दै परिवार र प्रतिष्ठानले आपत्ति जनाएका छन् ।

नेपाल सरकारले पछिल्लो समय विभिन्न कालखण्डमा घटेका घटनाहरूको छानबिन र रहस्योद्घाटन गर्ने तत्परता देखाइरहेको सन्दर्भमा, वाचनशिरोमणि पोखरेलको घटनालाई पनि प्राथमिकतामा राखी निष्पक्ष छानबिन गर्न दिनबन्धु पोखरेलले आग्रह गरे ।

उहाँको कीर्तित्व र व्यक्तित्वलाई कालजयी बनाउन ’नारायण पोखरेल प्रतिष्ठान’ सक्रिय रहँदै आएको छ । प्रतिष्ठानले काठमाडौंको नागार्जुन–७, रामकोटमा ’बद्रिनारायण धाम’ सहितको ’नारायण आध्यात्मिक केन्द्र’ निर्माण गरिसकेको छ ।

यस्ता युगपुरुषको योगदानलाई आगामी पुस्तासम्म हस्तान्तरण गर्न र उहाँका अनुकरणीय कार्यहरूलाई राज्यस्तरबाटै संरक्षण र प्रवद्र्धन गर्न पनि विशेष पहलको माग गरिएको छ ।

आज उहाँको ७२ औं जन्मजयन्तीका अवसरमा देशभरका विभिन्न स्थानमा उहाँको तस्विरमा माल्यार्पण, द्वीप प्रज्वलन र आध्यात्मिक प्रवचनका कार्यक्रम आयोजना गरिएका छन् ।
उहाँका अनुयायीहरूले गुरुले देखाएको समाज रूपान्तरणको मार्गमा अविचलित भई लाग्ने प्रण समेत गरेका छन् ।

 

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here