Home ब्रेकिङ रसुवा एमालेमा पहिरो, पूर्वअध्यक्ष जनार्दन ढकालसहित सयौँ नेता कार्यकर्ता कांग्रेस प्रवेश

रसुवा एमालेमा पहिरो, पूर्वअध्यक्ष जनार्दन ढकालसहित सयौँ नेता कार्यकर्ता कांग्रेस प्रवेश

0
30

काठमाडौं, ७ फागुन । रसुवा जिल्लाबाट नेकपा (एमाले) का पूर्व जिल्ला अध्यक्ष तथा संविधानसभा सदस्य जनार्दन ढकालसहित झण्डै सय नेता–कार्यकर्ता आज नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले उनीहरूलाई पार्टी सदस्यता प्रदान गर्दै औपचारिक रूपमा स्वागत गरे। प्रवेश गर्ने नेता–कार्यकर्ता जिल्ला, पालिका र वडा तहका पदाधिकारी, सचिवालय सदस्य, भ्रातृ संगठनका युवा प्रतिनिधि तथा खेलकुद र सामाजिक संस्थाका पूर्व सदस्यहरूबाट बनेको समूह रहेको छ।

रसुवाबाट कांग्रेसमा प्रवेश गर्ने यस समूहमा नेकपा एमालेका स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, सचिव र कमिटी सदस्यहरू, युवा संघ र अनेरास्ववियुका जिल्ला तथा पालिकास्तरीय पदाधिकारीहरू, साथै खेलकुद महासंघका जिल्ला र केन्द्रीय पूर्व सदस्यहरू पनि रहेका छन्। उनीहरू मध्ये धेरैले लामो समय एमालेमा सक्रिय भएर नेतृत्व र प्रशासनको अनुभव हासिल गरेका थिए।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here