राधिका पन्त देवकोटा
विश्व शान्तिको लागि योग भन्ने मूलनाराका साथ देशभरि एगारौ राष्ट्रिय योग दिवस २०८२ साल माघ १ गते बिहीबार मकर सक्रान्तिको दिन स्थानिय निकायको सहभागितामा विभिन्न कार्यक्रमहरू गरि मनाईएको छ ।
यसै उद्धेश्यलाई मध्यनजर गरी विभिन्न संघ सॅस्था महिला समूह , बाल क्लव , युवा समिति , खेलकुद परिषद शिक्षा विभाग , आयुर्वेद सबैले स्वस्थ समाज निर्माण गर्ने समृद्ध नेपाल बनाउने र एक आपसमा बढ्दै गइरहेको हिंसा ,प्रतिहिंसा काटमार विभेद, दमन अन्याय अत्यचार , असहिश्रुष्णता सबैको एकै पटक निर्मुल पार्ने भन्दै ल्याईएको विश्वशान्तिको लागि योग भन्ने आदर्श नाराले सार्थकता प्राप्त गर्न सकोस् हार्दिक शुभकामना छ ।
समाजमा रोगी दुस्खी अनाथको सेवा सबै पक्षले निर्विबाद गर्न सकियोस् । एकआपसमा घर परिवार समाज जता पनि शान्तिले बास गरून् आनन्दले बॉच्न पाउने हक अधिकार सुनिश्चित गरियोस् । झै झगडा अशान्ति परिवार र समाजमा बेमेलको स्थिति छिमेकीमा बेमेल सबैको नाश हुदै जाओस् राष्ट्र राष्ट्र बीच भाइचार सद्भाव फैलियोस् एकले अर्काको मानसम्मान कुनै दखल नपुर्याईयोस् सबैले स्वतन्त्र रूपमा आफ्नो आत्मानुशासनको घेराभित्र रहेर जीवन यापन गर्न पाउन् अनि मात्रै विश्वमा शान्ति फैलिने छ त्यो पनि नेपाल बाट नै यसको सुरूवात गर्न सकियोस् भनेर नै यस्तो नारा राखिएको हुन सक्छ ।
यो नारा सुन्दा कतै नेताले चुनावमा दिने घोषणा पत्र भन्दा फरक लाग्दैन तर पूरा गराउन सकिएन भने त उस्तै हुनेछ यसका लागि सम्पूर्ण योगीजनहरू एक ठाउॅमा बसेर यसको अक्षरस पालना गर्दै तल माथि पर्न गएमा सम्वन्धित ठाउॅमा खवरदारी गर्दै अगाडि बढेमा असम्भव भन्ने हुदैन । त्यसका लागि पनि ठूले योगदान चाहिन्छ ।जनशक्ति चाहिन्छ । जन विश्वास पनि चाहिन्छ किन कि अहिले विश्वमा कसैले कसैको हत्तपत्त विश्वस गर्न नसकिने परिस्थिति बन्दै गइरहेकोछ कुरा सर्वविविदैछ ।
नेपालको परिस्थितिमा रहेक घरमा बृद्ध बाबा आमा मात्रै बस्नु पर्ने हुदै गएको अहिलेको अवस्थाको अवलोकन गर्दा निकट भविश्यमा नै मानसिक सन्तुलन हराएका मानिसहरूको विकराल स्थिति देखिदै छ यसबाट बच्न र बचाउन पनि योगको विशेष भूमिका रहने कुरामा दुई मत हुन सक्दैन ।
धेरै युवा जनशक्ति पलाएन हुने र बयस्कहरू बृद्ध हुदैजाने परिवारको साथ सपोर्ट नहुने छिमेकीका घरहरू रित्तो हुदैजाने जसरी अहिले गाउघर खाली देखिएकोछ त्यसरी नै देशका ठूला शहरहरू खाली हुन थालेको र भएका परिवारमा पनि मतभेदका कारण मनमा अशान्ति बड्दै गरेको कुरा नजिकबाट देख्न सुन्न र भोग्न पाइरहेकाछौ ।
यसका लागि हरदम मानिसले विवेक नगुमाइकन शौच, संतोष , तप, स्वाध्याय, ईश्वर प्रणिधानको रूपमा समर्पित हुदै अहिंसा सत्य अस्त्येय अपरिग्रह ब्रह्मचर्यपालना शुचितामा रही सम्पूर्ण कर्म ईश्वरमा समर्पित गर्न सक्नु र तन मन जीवनको आहार र विचार वाणि व्यवहार स्वभाव सबै मूल प्रकृति प्रवृति तर्फ लगाउनु नै कल्याणकारी हुनेछ । जसबाट हामी मानव
शुध्दोसि बुध्दोसि निरॅजनोऽसि
सॅसारमाया परिवर्जितोऽसि
अहं ब्रम्हाास्मि
तत्वमसि अयम् आत्मा ब्रह्म
प्रज्ञानं ब्रह्म
चिदानन्द रूप स् शिवोऽहम् शिवोऽहम् ।
को अवस्थामा पुग्न सकिनेछ ।
प्रभुको लिला यस्तै छ र पनि आफूले सबैकुरा पाएर पनि फेरि समस्यै समस्या संकट संघर्ष र चुनौतिको बीच हरदम अगाडि बढ्ने हाम्रो स्वभाव भएकोले जो व्यक्तिले पवित्र नामका जप मोक्षशास्त्रको अध्यायन , गुरुप्रति पूर्ण नवदा भक्ति प्रस्तुत गर्न सक्छ ऊ व्यक्ति प्रति सधै प्रभुको आश्रय मिलिरहन्छ र व्यक्ति प्रभुकै शरणागति मै भुलि रहन सक्छ । जसले गर्दा मानसिक , शारीरिक आध्यात्मिक स्वास्थ अवस्थाको स्वस्थता कायम गर्न सकिन्छ ।
योगको अनुशरण गर्दै गएमा ओमकारको ध्यान लाग्दै जानेछ धानका माध्याम द्वारा अष्टचक्र शुद्धिहुनेछ । अष्टचक्र शुद्धिभनेको अष्टाड्गयोगको सिद्धि हुदै जानु हो । यम,नियम , आसन, प्राणायाम, प्रत्याहार ,धारणा ,ध्यान , र समाधि भए पछि मनभित्रको सबै विकारहरू निस्तेज हुनेछन् र हामी निर्विज हुदै जानेछौ अनि जन्मजन्मको कर्मबाट संचित संस्कार वासना सबै क्षय वा नाश हुदै जीनेछ ।
ओंमकारं बिन्दुसंयुक्तं नित्यं ध्यायन्ति योगिन स् ।
कामदं मोक्षदं चैव ओंकाराय नमो नमस् ॥
योगको लामो अनुशरण लगातारको अभ्यास पछि मात्रै यी गुणहरू देखिने भएकोले सर्व प्रथम हरेक मानिसले आफॅनो जीवनकालमा योगलाई माध्याम बनाएर अघि बढ्न सकिसो भने अवस्य सिद्धिप्राप्त हुनेछ र मोक्षपथ पाउनेछ ।
हरि ॐ तत्सत् ।।

























