​विश्व मिगौला दिवस : ग्राण्डीमा दश वर्षमा १७२ विरामीको मिगौला प्रत्यारोपण

0
24

काठमाडौँ, २९ फागुन । २० औँ विश्व मिगौला दिवसको अवसरमा बिहिबार ग्राण्डीमा आयोजित कार्यक्रममा दश वर्षको अवधिमा १७२ विरामीको सफल रुपमा मिगौला प्रत्यारोपण गरिएको जानकारी दिइएको हो ।

नेपालमा सन् २००८ मा सफल मिगौला प्रत्यारोपण सुरु गरिएपनि ग्राण्डी अस्पतालले भने सन् २०१६ जुलाईमा पहिलोपटक मिर्गौला प्रत्यारोपण सुरु गरेको थियो ।

कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर डा विनोद विजुक्छेले ग्राण्डीेले मिगौला रोगको उपचारलाई उच्च प्राथमिकता दिएको बताए । “नेपालका विरामी मिर्गौला प्रत्यारोपणका लागि विदेश जान नपरोस् भनेर ग्राण्डीले दश वर्ष पहिले मिगौला प्रत्यारोपणको काम सुरु गरेको थियो,”– उनले भने ।

अस्पतालकी वरिष्ठ मिगौला रोग विशेषज्ञ प्राडा दिव्यासिंह शाहले मिगौला रोग कुनैपनि उमेर समूहका व्यक्तिलाई लाग्ने भएकाले बेलाबेलामा चेकजाँच गर्नु आवश्यक रहेको बताइन् । उनले ब्लड प्रेसर, सुगर समयमा चेकजाँच गर्न र धुम्रपान, मद्यपानलगायतका सूर्तीजन्य पदार्थको सेवन नगर्न आग्रह गरिन् ।

ग्राण्डीका वरिष्ठ युरोलोजीष्ट तथा ट्रान्सप्लान्ट सर्जन प्राडा प्रेमराज ज्ञवालीले नेपाल सरकारले मिगौला रोगीका लागि वर्षेनी ठूलो रकम खर्च गर्दै आएको बताए । उनले वर्षेनी सरकारले डायलोसिसका लागिरु एक अर्ब २७ करोड खर्च गर्दै आएको बताए ।

अस्पतालका नेफ्रोलोजिष्ट डा विष्णु पहारी, डा शतिशचन्द्र यादवलगायतले मिगौला रोग लाग्न नदिन जनचेतना फैलाउन जरुरी रहेको बताएका थिए । कार्यक्रममा ग्राण्डी अस्पतालमा मृगौला प्रत्यारोपण गरेका विरामी र डायलाइसिस गराइरहेका विरामीले आ आफ्नो अनुभव सुनाएका थिए ।

उक्त कार्यक्रममा मृगौला विरामी भएर अस्पतालमा उपचाररत विरामीलाई सम्मान समेत गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here