विमला भण्डारी बनिन् गण्डकीको पहिलो प्रेस रजिष्ट्रार

0
7

भाद्र २८, २०८१

पोखरा । गण्डकी प्रदेशको प्रेस रजिष्ट्रारमा पत्रकार विमला भण्डारी नियुक्त भएकी छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष भण्डारीलाई रजिस्ट्रार नियुक्त गरेको हो ।

छनोट समितिका सदस्यसचिव समेत रहेका मुख्यमन्त्री कार्यालयका सचिव केशवराज ढकालका अनुसार उक्त पदका लागि ५ जनाको दरखास्त परेका थिए । जसमा भण्डारीसहित भरत कोइराला, भानु पराजुली, दुर्गा अधिकारी, सरिता तिम्सिना पगेनी प्रतिस्पर्धी थिए । उम्मेदवारको केही दिनअघि व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरणसँगै अन्तर्वार्ता भएको थियो । तीमध्ये छनोट समितिले नाम मन्त्रिपरिषद्मा निर्णयार्थ पठाएको थियो ।

आर्थिक मामिला मन्त्री एवं सरकारका प्रवक्ता डा. टकराज गुरुङको संयोजकत्वमा गठित ३ सदस्यीय छनोट समितिमा विज्ञ सदस्यको रुपमा अग्रज पत्रकार रवीन्द्र बास्तोला समेत थिए । गण्डकी प्रदेश आमसञ्चार ऐन, २०८० बमोजिम आगामी ४ वर्षका लागि प्रेस रजिष्ट्रार नियुक्ति गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here