Home उर्जा / पूर्वाधार पोखरा—छेन्दु उडान सुरु

पोखरा—छेन्दु उडान सुरु

0
150

२०८१ चैत ४ गते । पोखरा । सिचुवान एयरलाइन्सले मंगलबारदेखि छेन्दु–पोखरा सिधा उडान थालेको छ। एयरबस—३९१ विमानमार्फत १२८ जना चिनियाँ पर्यटक पोखरा आइपुगेका छन्, भने फर्किने क्रममा पोखराबाट १२६ जना यात्रु छेन्दु गएका छन्। पोखराका मेयर धनराज आचार्यसहित पर्यटन व्यवसायी टोली चीन भ्रमणमा गएका छन् । सिचुवान एयरलाइन्सले हप्तामा एकपटक चार्टर्ड उडान गर्नेछ भने १० हप्तापछि व्यवसाय हेरी नियमित सेवा सुरु गर्ने योजना छ। पोखरा–छेन्दु हवाई टिकट ६२ हजार रुपैँया तोकिएको छ भने ७ दिने भ्रमण प्याकेज १ लाख २३ हजार रुपैँया छ।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here