काठमाडौं २ माघ, । काठमाडौँ महागनर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् । उनले माघ ४ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् । ‘चार गतेबाट लागू हुने गरी राजीनामा दिएँ,’ उनले भने ।
उनी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन लड्ने गरी सक्रिय राजनीतिमा आउने तयारीमा छन् ।

























