
मङ्गलबार, ०८ माघ २०८१ । संयुक्त राज्य अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा डोनल्ड ट्रम्पले सोमवार शपथग्रहण गरेका छन्। उनको यो दोश्रो कार्यकाल हो । राष्टपतिकोरुपमा सन् २०१७ देखि २०२१ सम्म पहिलो कार्यकाल गरेका थिए । कार्यकालको आरम्भ गरेकै दिन विभिन्न कार्यकारी आदेशहरू जारी गरेर गरेका छन्। उनले मेक्सिकोसँगको सिमानामा राष्ट्रिय सङ्कटकालको घोषणा गरेका छन् भने उनले प्यारिस जलवायु सम्झौताबाट अमेरिकालाई बाहिर निकालेका छन् । त्यसै गरी उनले टिकटक विरुद्धको प्रतिबन्ध, र चार वर्ष अघि अमेरिकी संसद् भवन क्यापिटलमा जबर्जस्ती प्रवेश गरेर हुलदङ्गा भएको घटनामा संलग्न झण्डै १६ सय जनालाई क्षमादान दिएका छन् ।