Home ब्रेकिङ प्रतिनिधीसभाकी उपसभामुख ठाकुरले लिइन् शपथ

प्रतिनिधीसभाकी उपसभामुख ठाकुरले लिइन् शपथ

0
24

काठमाडौं, २७ चैत। नवनिर्वाचित प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुरले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छिन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहकाबीच ठाकुरलाई सभामुख डोलप्रसाद अर्यालले शपथ ग्रहण गराएका हुन् ।

शपथ समारोहमा उपराष्ट्रपति रामसाहय प्रसाद यादव, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, प्रधानमन्त्री बालेन्द्र शाह लगायत उच्च पदस्थको सहभागीता रहेको थियो ।

शुक्रबार भएको निर्वाचनमा राप्रपाकी सरस्वती लामालाई पराजित गर्दै रुबीकुमारी निर्वाचित भएकी हुन् । उनी यसअघि श्रम संस्कृति पार्टीबाट संसद्मा प्रतिनिधित्व गरेकी थिइन् ।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here