पोखरामा तेस्रो क्रस कन्ट्री दौड

0
10

२०८१ कार्तिक २४ गते, पोखरा। हमिालयन टुरजिम फोरमको आयाजनामा शनिवार पोखरामा सम्पन्न भएको तेश्रो क्रस कन्ट्री दौड प्रतयिोगतिामा ५० किलोमिटर दौड तर्फ महिला र पुरुष तर्फ चीनका क्रमश जिन वान रंग र योग जानजिन प्रथम भएका छन् । पुरुष तर्फ र महिना तर्फ क्रमश नेपाल आर्मीका कुल वहादुर बस्नेत र कल्पना बुढा दोश्रा भएका छन् । त्यसै गरी तेश्रो हुनेमा पुरुष र महिला तर्फ क्रमश होम लाल श्रेष्ठ र नेपाल प्रहरीका राम माया बुढा तेश्रो भएका छन् । ५० कमिी पर्वतीय दौड पोखराको लेकसाइडस्थति बाराहीघाटबाट सुरु भएर छोरेपाटन, रामदी, फुस्रेखोला हुँदै स्याङ्जाको फेदीखोला, पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दी, शान्त िस्तूपबाट फेवाताल, पामे हुँदै पुनः बाराहीघाट पुगेर सम्पन्न भएको थियो ।

५० किलोमिटर टिम समूहमा प्रथम हुने टिमले ४ लाख ५८ हजार ४ सय रुपैयाँ (२४ हजार चिनिया युआन) सहित मेडल र प्रमाणपत्र पनि पाउनेछन् । दोस्रो हुनेले मेडल र प्रमाणपत्रसहित ३ लाख ४३ हजार ८ सय (१८ हजार चिनिया युआन) र तेस्रो हुनेको लागि २ लाख २९ हजार २ सय (१२ हजार चिनिया युआन) पाउनेछन् । यस्तै, चौथोलाई १ लाख ५२ हजार ८ सय, पाचौँलाई लागि ९५ हजार ५ सय पुरस्कारको व्यवस्था गरिएको  थियो ।

त्यसै गरी ५ किलोमिटरको बिद्यार्थी रेसमा पुरुष तर्फ नारायणी भण्डारी, सरस्वती कार्की, जुना राना पहिलो, दोश्रो र तेश्रो बन्न सफल भएका छन् भने छात्रा तर्फ बडाल कार्की, कृष्ण परियार, रमेश बुढा क्रमश पहिलो, दोश्रो र तेश्रो भएका छन् । विद्यार्थी दौडमा शीर्ष ६ (महिला/पुरुष दुवै) खेलाडीको लागि नगद, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ । प्रथम हुनेका लागि ३० हजार, दोस्रोका लागि २५ र तेस्रोका लागि २० हजार रुपैया पुरस्कार राशी रहेको छ । चौथोदेखि छैठौँ हुने खेलाडीले १०/१० हजार रुपैयाँ पाएका थिए ।

यस्तै, च्यालेन्स समूहमा शीर्ष १० पुरुष तथा महिलाले नगद, मेडल र प्रमाणपत्र पाएका थिए । ह्याप्पी रनमा सहभागी हुने खेलाडीले प्रमाणपत्र मात्र प्राप्त  गरेका थिए ।

उद्घाटन सत्रमा संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री बद्री प्रसाद पाण्डे, गण्डकी प्रदेशका सामाजिक बिकास, युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापा, उद्योग तथा पर्यटन मन्त्री मित्र लाल बस्याल, पोखरा महानगरपालिकाका प्रमुख धनराज आर्चाय, नेपालका लागि चिनका राजदुत छेन संगले पोखरा र चिन वीचको दुई पक्षिय सम्बन्धकोवारेमा चर्चा गरेका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here