३०० शैया बन्दै जिपी कोइराला राष्ट्रिय स्वासप्रश्वास केन्द्र

0
38

भाद्र १, २०८१ । तनहुँको शुक्लागण्डकीस्थित जिपी कोइराला राष्ट्रिय स्वासप्रश्वास केन्द्रलाई ३ सय शैयाको बनाउने प्रक्रिया अघि बढेको छ । अस्पतालमा ३ सय शैया थप गर्नेसम्बन्धी गत आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले घोषणा गरेका थिए । सहरी आवास तथा भवन निर्माण विभागबाट प्राप्त अस्पतालमा स्वासप्रश्वाससम्बन्धी उपचार सेवाका लागि ३ सय शैयाको डिपिआर अस्पतालका प्रमुख डा. रामकुमार श्रेष्ठले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई हस्तान्तरण गरेका छन् । डिपिआरमा साढे ५ अर्ब लागतमा निर्माण सम्पन्न हुने उल्लेख छ । मन्त्री पौडेलले डिपिआर अनुसार निर्माण अघि बढाउन भारतीय दूतावाससमक्ष अनुरोध गरेका छन् । दूतावासतर्फबाट सकारात्मक जवाफ प्राप्त भएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here