Home उर्जा / पूर्वाधार सोलुखुम्बुमा बाढी, हिमताल फुटेर भेलबाढी आएको पुष्टि

सोलुखुम्बुमा बाढी, हिमताल फुटेर भेलबाढी आएको पुष्टि

0
184

काठमाण्डौ । २०८१ साउन ३२ गते । सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिका ५ को थामे क्षेत्रमा शुक्रबार दिउँसो एक्कासि पसेको भीषण बाढी वस्तीमा प्रबेश गरेको छ । सोलुखुम्बुमा आएको लेदोसहितको बाढी हिमताल फुटेर आएको पुष्टि भएको छ। पालिकाले सामाजिक सञ्जालमा हेलिकप्टरमार्फत निरीक्षण गरेको भिडिओ प्रसारण गरेको छ। उक्त निरीक्षण पछि टासिलाप्चा बेसक्याम्प नजिकै रहेका ताल फुटेर बाढी आएको पुष्टि भएको हो। नेपाली सेनाको टोलीले ७ जनाको उद्धार गरेको सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले बताइन् । बाढीको कारण १५ वटा घर, हिमालयन ट्रस्टको क्लिनिक र विद्यालय बगाएको छ । साथै ‘७ घर जोखिममा छन्, दुधकोशी र सुनकोशीमा बहाव बढ्न सक्ने हुनाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन भनिएको छ । सोलुखुम्बुमा गएको भेलबाढीबाट विस्थापित परिवारलाई बसोबासका लागि ५० हजार रुपैयाँ राहत उपलब्‍ध भएको छ। पूर्ण रूपमा घर क्षति भएका १५ परिवारका लागि गृह मन्त्रालयले पनि १५ हजार रुपैयाँ वितरण गरेको छ। त्यस्तै आंशिक क्षति भएका ३० घर परिवारलाई प्रति परिवार १० हजार रूपैयाँ राहत वितरण गरेको छ।  तस्वीर ः सामाजिक सञ्जाल

 

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here