सूर्यदर्शन सहकारी पीडितको आपत्ति

0
11

२०८१ कार्तिक २२ गते । पोखराको सूर्यदर्शन वचत तथा ऋण सहकारी संस्थाका पीडितहरुले रवि लामिछानेका समर्थकले आफूहरु माथि झुटा आरोप लगाइ सामाजिक सञ्जाल लगायतमा प्रचार गरेको भन्दै आपत्ति जनाएका छन् ।

हेर्नुहोस विज्ञप्तिको पूर्ण पाठ
अहिलेको वर्तमान अवस्थामा सहकारीको समस्या र समाधान विषयमा दोषी र कारबाहीको विषयमा मात्र चर्चा परिचर्चा र बहस भइरहँदा सहकारी पीडितको डुबेको रकम कसरी फिर्ता गर्ने या दुरुपयोग भएको बचत रकमको सुनिश्चितता कसरी गर्ने भन्ने कुरा हामी जिबी राईको समूह र विभिन्न कम्पनीबाट पीडित बनेका सहकारी पीडितको विषयमा कुनै ठोस पहल कदम नहुदा हामी अतिनै दुःखीत छौं । समयसँगै हामी सहकारी पीडितको पीडा दिन दुईगुणा र रात चौगुणा बढेर गएको अवस्था छ ।

पीडितको समस्या र पीडाको बारेमा बयान गर्न अब कुनै विषयनै बाँकी छैन, तर केहि दिन पहिला गोर्खा मिडिया प्रालिद्वारा प्रतिवादी बनेका रवि लामिछानेका विषयमा भने हामी सहकारी पीडितमाथि सडकदेखि सामाजिक सञ्जाल फेसबुकसम्म विभिन्न किसिमका झुटा कुरा र झुटा लान्छाना लगाई पीडित कै चरित्रहत्या गर्ने प्रयास गरिएको कुरा सर्वविदितै छ । यसै सन्दर्भमा न्यायालय लाई प्रभाव पार्ने, पीडित बचतकर्ताबीच नै एक अपसमा अविश्वासको वातावरण सिर्जना गर्ने र पीडित संघर्ष तथा तदर्थ समितिसँग नै अन्य बचतकर्ताहरुको विश्वास कम होस् भन्ने हेतुका कारण केहिदिन यता प्रहरी प्रशासन, मुख्यमन्त्री, हाम्रो संघर्ष समितिका अध्यक्ष ज्यू र केही अन्य बचतकर्ता सहितका नाम समावेश गरी बनाएको झुटा समाचार र लगाएको झुटा लान्छानाप्रति हाम्रो घोर अपत्ति छ र हामी यसको घोर भत्र्सना गर्दछौं ।

यसरी यतिका धेरै सहकारी पीडितको समस्या समाधान या सहानुभूतिको बारेमा सोचिदिनु पर्ने समयमा गलत तरिकाबाट समाचार सम्प्रेषण गरि हामी सहकारी पीडित, हाम्रो समाज र सम्पूर्ण न्यायप्रेमी जनसमुदायहरुलाई अन्धकारमा राख्ने प्रयास गरिएको छ । पीडित यसै ठगीबाट पीडित रहँदा रहँदै फेरी एक पटक चरित्रहत्या गर्ने प्रयास गरिएको छ । हाम्रो अध्यक्ष ज्यूको मानहानी, चरित्रहत्या र मानव अधिकार हनन् भएको छ । हामीमाथिका यी सम्पूर्ण गलत क्रियाकलाप रास्वपाकै नेता कार्यकर्ताबाट भएको हो भन्ने हाम्रो बुझाइ छ । किन भने उहाँहरुकै पार्टीको नाम भएका आधिकारिक फेसबुक पेज, समूह र त्यही पार्टीसँग आबद्ध भएर आफ्नो पहिचान बनाउनु भएका व्यक्तिहरु को सामाजिक सञ्जाल फेसबुक पेजबाट यी गलत र झुटा कुराहरुको सम्प्रेषण भएको छ ।

हामी धेरै सहकारी पीडित पनि यसैसँग आबद्ध रहँदै अचानक यस्ता कुराले यो पार्टीसग आबद्ध भएर यस्ता झुटाकुरा र गलत विषयको साहारा लिएर एक जना संघर्ष समितिको अध्यक्षसँग सिंगो पार्टीका कार्यकर्ता र उनीहरुको साइबर सेना लाग्दा उनीहरुको मनोबल र विचार कस्तो रहेछ भन्ने कुरा सम्पूर्ण सहकारी पीडितले बुझेका छन् ।

यसरी देशको विकाश, भ्रष्ट्राचार को अन्त्य र सुशासनको प्रतिबद्धतासहित वैकल्पिक बाटोको रुपमा रोजिएको नेपालको चौथो ठूलो पार्टीबाट भएका विगत र हालसम्मका यस्ता गतिविधि सार्है लज्जास्पद भएको महसुस हामी सहकारी पीडितले गरेका छांै । हामी सम्पूर्ण सहकारी पीडित हाम्रो समितिका अध्यक्ष ज्यू लगायत अन्य सदस्यहरु पूर्ण विश्वस्त छौं, सूर्यदर्शन सहकारीको विषयमा हामी १८ हजार ७ सय बचतकर्ता र सम्पूर्ण जाहेरबाला नै समिति हौं । हामी सम्पूर्ण सहकारी पीडित जनसमुदायहरुलाई के भन्न चाहान्छौं भने यस्ता गलत र झुटा विषयको विश्वास नगर्नु होला, हामी हामीबीच जसरी फाटो ल्याउने काम भएको छ त्यसलाई हामीले चिरेर जानु पर्छ, हाम्रो विषय एकातिर छ तर यसलाई विषयान्तर गरी हामीलाई कमजोर पार्ने काम हुँदैछ, यो एउटा ठूलो घिनलाग्दो राजनीति हो, यसविषयमा जसरी सामाजिक सञ्जालमा झुटा समाचार र झुटा लान्छानाका कारण चरित्र हत्याका साथै मानसिक तनाब र प्रहरी प्रशासन र मुख्यमन्त्रीसँग जोडी पार्टीको झोलेसम्मका विषयका विरुद्ध हामी र हाम्रो समिति यसको कानुन उपचारमा लाग्ने निर्णय गरेका छौ, यसका साथै यस विषयमा सम्पूर्ण न्यायिक समाज, नागरिक समाज, मानव अधिकारवादी, पत्रकार मञ्च, कानुनविद्, राज्य सरकार, प्रहरी प्रसासनका साथै अन्य सामाजिक सञ्जाल प्रयोगकर्ता हरुको ध्यानाकर्षण गराउन चाहान्छौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here