सिंचाई मन्त्रालयको निर्देशनमा कपिलवस्तुको बाणगङ्गा नदी वरपर तटबन्धन सुरु

0
37
कपिलवस्तु, २९ साउन । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको एक्सनसँगै कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिका वडा नं १० हरदौनास्थित बाणगङ्गा नदीको तटबन्धन कार्यक्रम सुरु भएको छ ।
गत असार दोस्रो साता बाणगङ्गा नदीमा आएको बाढीले वस्तीमा क्षति पुगेपछि कपिलवस्तुका संघीय सांसद सुरेन्द्रराज आचार्यलगायतको टोली वस्ती जोगाउनका लागि उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पुग्नुभएको थियो ।
नदी वरपरको वस्तीमा क्षति पुगेपछि उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले उक्त नदी वरपर तत्काल तटबन्धनको काम अगाडि बढाउन जनताको तटबन्धन कार्यक्रम फिल्ड कार्यालय नम्बर पाँच वुटवल रुपन्देहीलाई निर्देशन दिनुभएको थियो ।
मन्त्री खड्काको निर्देशनसँगै उक्त नदीमा तटबन्धनको काम धमाधम भइरहेको छ । कार्यालयका प्रमुख, सिनियर डिभिजनल ईन्जिनीयर शम्भुराज पण्डितले हालसम्म १०० मीटर जमीनमा तटबन्धन कार्यक्रम सम्पन्न भइसकेको जानकारी दिनुभयो । उक्त बाढीले दुई घर विस्थापित हुनुका साथै २५ घर जोखिममा परेका थिए भने तीन रोपनी जग्गामा क्षति पु¥याएको थियो ।
“कार्यालयमा नदी तटबन्धनको लागि आकस्मिक बजेट नभएपछि आवश्यक रकम मागका लागि विभाग र मन्त्रालयमा पठाएका थियौँ, मन्त्रालयकै निर्देशनमा उक्त कामलाई अगाडि बढाएका हौँ,”– कार्यालय प्रमुख पण्डितले भन्नुभयो । कुल १७० मीटर क्षेत्रफलमा तटबन्धन गर्नुपर्ने भएपनि हालसम्म १०० मीटरमा तटबन्धनको काम सम्पन्न भइसकेको छ । रु २४ लाख लागतमा तटबन्धनको काम सम्पन्न हुन लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here