वन तथा वातावरण मन्त्रालयमा लमजुङका भेषबहादुर पौडेल

0
2

२०८१ कार्तिक ५ गते, पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकार विस्तार गरेका छन् । लामो समयदेखि खाली रहेको वन तथा वातावरण मन्त्रालयमा लमजुङका भेषबहादुर पौडेललाई उनले नियुक्त गरेका छन् ।

शपथका लागि प्रदेश प्रमुखसमक्ष साढे ४ बजेको समय लिइएको छ । यो सँगै गण्डकी सरकारले पूर्णता पाएको छ ।

पौडेल लमजुङ कांग्रेसका निवर्तमान सभापति हुन् । उनी पार्टीभित्र शेखर समूहमा छन् । पार्टीभित्रबाट भागबन्डा लगाउँदा १ कम्तीमा १ जना मन्त्री शेखर समूहले पाउनुपर्ने दाबी थियो । मुख्यमन्त्री पाण्डेले लामो आलटालपछि पौडेललाई मन्त्रीमा नियुक्त गरेका हुन् ।

लमजुङबाटै निर्वाचित डा टकराज गुरुङ आर्थिक मामिला मन्त्री छन् । अब लमजुङबाट प्रत्यक्ष निर्वाचित दुवै सांसद मन्त्री भएका छन् ।

भौतिक मन्त्रालयबाट राजीव गुरुङ उर्फ दिपक मनाङेलाई वन मन्त्रालयको जिम्मेवारीमा सारेपछि उनले तत्कालै राजीनामा दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here