यातायात महासङ्घका अध्यक्ष विजय स्वाँर कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

0
27

काठमाडौँ, १ माघ । देशभरका यातायात व्यवसायीहरुको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँर नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ ।

नेपाली कांग्रेसको दोस्रो ऐतिहासिक महाधिवेशनबाट नेपाली कांग्रेस कैलालीका महासमिति सदस्यसमेत रहनुभएका स्वाँर केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष स्वाँर कांग्रेस निकट नेपाल प्रजातान्त्रिक राष्ट्रिय यातायात व्यवसायी संघको वरिष्ठ उपाध्यक्ष र नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसको विज्ञ सल्लाहकार समेत हुनुहुन्थ्यो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here