Google search engine
Home स्वास्थ्य यस वर्षको क्षयरोग स्वर्णपदक डा प्रज्वल श्रेष्ठलाई प्रदान

यस वर्षको क्षयरोग स्वर्णपदक डा प्रज्वल श्रेष्ठलाई प्रदान

0
39

काठमाडौं, १२ चैत । हरेक वर्ष विश्व क्षयरोग दिवस का अवसरमा प्रदान गरिने ‘क्षयरोग स्वर्णपदक’ यस वर्ष वीर अस्पतालका छाती रोग विभाग प्रमुख डा प्रज्वल श्रेष्ठ लाई प्रदान गरिएको छ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र ले क्षयरोगको क्षेत्रमा उल्लेखनीय योगदान दिएको भन्दै छाती रोग विशेषज्ञ डा। श्रेष्ठलाई उक्त अवार्ड प्रदान गरेको हो। उनी सो केन्द्रका पूर्व निर्देशक समेत हुन्।

आज आयोजित एक कार्यक्रमबीच स्वास्थ्य सचिव डा विकास देवकोटाले उनलाई उक्त अवार्ड प्रदान गरेका हुन्।

डा श्रेष्ठले राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रमा दुई वर्ष निर्देशकका रूपमा काम गरेका थिए। निर्देशकका रूपमा उनले पहिलो वर्षमै ४० हजारभन्दा बढी क्षयरोगका केसहरू पुष्टि गराउन सफल भएका थिए। त्यस्तै, २५ वटा पालिकामा सीमित ‘क्षयरोग मुक्त कार्यक्रम’ लाई १२५ पालिकासम्म विस्तार गरेका थिए।

उनले बिपाल र बिपाल एम जस्ता औषधि प्रतिरोधी क्षयरोग (डीआर टीबी) कार्यक्रम सातै प्रदेशमा विस्तार गरेका थिए। साथै, पहिलो पटक एआई जडित डिजिटल एक्स(रेको प्रयोग गरी क्षयरोगीहरूको खोजपड्ताल अभियान सञ्चालन गरेका थिए।

उनकै कार्यकालमा डीआर टीबी सर्वे तथा टीबी प्यासेन्ट कस्ट सर्वे गरी दुई महत्वपूर्ण अध्ययनहरू सम्पन्न भएका थिए, जुन पछिल्लो दशककै उल्लेखनीय उपलब्धि मानिएको छ। यही योगदानका आधारमा उनलाई उक्त अवार्ड प्रदान गरिएको हो।

अवार्डले आफ्नो क्षेत्रमा अझ प्रभावकारी रूपमा काम गर्न प्रेरणा मिलेको डा। श्रेष्ठले बताएका छन्।

पछिल्लो तीन वर्षदेखि राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले क्षयरोगको क्षेत्रमा योगदान पुर्‍याउने चिकित्सकलाई विश्व क्षयरोग दिवसका अवसरमा अवार्ड प्रदान गर्दै आएको छ। डा। श्रेष्ठ यो अवार्ड प्राप्त गर्ने तेस्रो व्यक्ति हुन्। यसअघि यो अवार्ड डा दीर्घसिंह बम र डा गौरीशंकर ले प्राप्त गरिसकेका छन्।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here