महाकाली नदीमा व्यावसायिक र्‍याफटिङ सुरु

0
36

कञ्चनपुर, २ चैत । नेपाल–भारत सीमा नदी महाकालीमा साहसिक जलयात्रा व्यवसायिक रूपमा सञ्चालनमा आएको छ । पानी सप्ताहको अवसर पारेर विभिन्न सरोकारवाला निकायको पहलमा र्याफ्टिङको व्यावसायिक सुरुआत गरिएको हो । सन् २०२१ मा सफल परीक्षण गरिएको महाकाली नदीमा आजदेखि औपचारिक रूपमा (याफटिङ सञ्चालन सुरु गरिएको हो ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मसेट्टीस्थित साइलेट रिभर क्षेत्रबाट (याफटिङ सञ्चालनमा ल्याइएको हो । गैरसरकारी संस्था निड्स नेपालको अगुवाइमा जिल्लास्थित विभिन्न संस्था तथा निजी क्षेत्रसँगको सहकार्यमा प्याकेजमार्फत (याफटिङ सेवा उपलब्ध गराइने जनाइएको छ । निड्स नेपाल, होटल व्यवसायी सङ्घ, उद्योग वाणिज्य सङ्घ, यातायात समिति, नाटालगायत पर्यटन व्यवसायीहरूको सहकार्यमा (याफटिङ सञ्चालन हुने बताइएको छ । हाल अड्रिफ्ट एडभेन्चर प्रालिअन्तर्गत दुईवटा (याफटिङ बोट सञ्चालनमा ल्याइएका छन् ।

निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले लामो अध्ययनपछि महाकाली नदीमा व्यावसायिक (याफटिङ सुरु गरिएको बताउनुभयो । उहाँका अनुसार सन् २०१७ मा महाकाली नदीको बहुउपयोग परियोजनाअन्तर्गत (याफटिङको सम्भाव्यता अध्ययन सुरु गरिएको थियो । जसमा अक्सफामलगायततका विभिन्न साझेदार संस्थाहरूको पनि सहभागिता रहेको थियो ।

उक्त अध्ययनअनुसार नेपालतर्फ डडेल्धुराको परशुराम नगरपालिका क्षेत्रबाट करिब १४ किलोमिटर र मसेट्टीदेखि खल्लासम्म आठ किलोमिटर दूरीमा साहसिक जलयात्रा सञ्चालन गर्न सकिने देखिएको थियो । भारततर्फ भने दुईवटा कम्पनीले सन् २०१५ देखि नै नियमित रूपमा (याफटिङ सञ्चालन गर्दै आएका छन् ।

(याफटिङ सञ्चालनका लागि स्थानीय र्याफ्टिङ चालक किशन भट्टलाई जिम्मेवारी दिइएको छ । पाँचदेखि १० जनासम्मको समूहले प्याकेज खरिद गरी (याफटिङ गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

कञ्चनपुर होटल व्यवसायी सङ्घका अध्यक्ष रामचन्द्र रेग्मीले निजी क्षेत्र (याफटिङ सञ्चालन र पर्यटन प्रवर्द्धनका लागि तयार रहेको बताउनुभयो ।

नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सीजका निवर्तमान अध्यक्ष शिव अधिकारीले महाकाली नदीमा (याफटिङको राम्रो सम्भावना रहेको बताउनुभयो । करिब २५ वर्षदेखि नेपालका ठूला नदीमा (याफटिङ व्यवसाय सञ्चालन गरिरहनुभएका उहाँले कम जोखिम र सहज जलयात्रा रुचाउने पर्यटकका लागि महाकाली उपयुक्त नदी रहेको बताउनुभयो ।

नेपाल पर्यटन बोर्डले पनि (याफटिङ पर्यटनको प्रवर्द्धनमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले (याफटिङ प्रवर्द्धन तथा आवश्यक पूर्वाधार निर्माणमा पालिकाले प्राथमिकता दिने बताउनुभयो ।

त्यस्तै दोधराचाँदनी नगरपालिकाका प्रमुख किशोरकुमार लिम्बूले पनि (याफटिङको विकास तथा प्रचारप्रसारका लागि पालिका सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here