महर्षिका विद्यार्थीद्धारा पाँचतारे होटल दुषित प्रिन्सेसको अध्ययन अवलोकन

0
8

काठमाडौँ, १८ माघ । महर्षि कलेजको व्यवस्थापन संकायअन्तर्गत कक्षा १२ मा अध्ययरत विद्यार्थीले थाइल्याण्डको चर्चित होटल ब्राण्ड पाँचतारे होटल दुषित प्रिसेन्सको अध्ययन अवलोकन गरेका छन् ।

कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक ज्ञानको अध्ययनका लागि काठमाडौँ महानगरपालिका वडा नं २ लाजिम्पाटमा रहेको अन्तर्राष्ट्रिय दुषित प्रिन्सेस होटलको अवलोकन गरेका हुन् ।

अध्ययन अवलोकनका क्रममा विद्यार्थीलाई होटल म्यानेजमेन्ट सँग सम्बन्धीत विषयवस्तुको स्थलगत जानकारी प्रदान गरिएको थियो । सो क्रममा अन्तर्राष्ट्रिय चेन होटलमा काम गर्दा अपनाउनुपर्ने ‘प्रोटोकल’, किचनमा अपनाउनुपर्ने सुरक्षा, हाउस किपिङ, बेड मेकिङ, फ्रन्ट डेक्सबारे जानकारी गराइएको थियो ।

यस्तै, वेटर, बार (कक्टेल, मक्टेल सम्बन्धी जानकारी) हेल्थ क्लब, बैँकेट हलको व्यवस्थापन, स्वीमिङ पुलको जानकारी तथा सुरक्षा प्रदान गरिएको थियो । महर्षि क्याम्पसका प्रमुख रमेशचन्द्र अधिकारीले महर्षि कलेजले सैदान्तिक ज्ञानसँगै व्यवहारिक ज्ञानलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।

उक्त कलेजले विगतका वर्षमा मल्ल होटल, सोल्टी होटल, होटल आर्टसलगायतका पाँचतारे होटलमा विद्यार्थीलाई लगेर व्यवहारिक शिक्षा प्रदान गर्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here