मनाइयो गाईजात्रा

0
18

पोखरा उपत्यकासहित देशका विभिन्न स्थानमा सोमबार धुमधामका साथ गाईजात्रा पर्व मनाइँदैछ । यो नेपाली समाजको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यो नेवार संस्कृतिबाट सुरू भएको जात्रा हो । नेपाली समाजमा गाईजात्रा व्यङ्ग्य गर्ने अवसरको रूपमा समेत परिचित छ । यस पर्वमा नेवार समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोलटोल घुम्ने गर्दछन् ।

यस दिन भजन कीर्तन पनि गरिन्छ । यो जात्रा नेपाल सम्बत अनुसार गुंलागाः पारु अथवा भाद्र शुक्ल प्रतिपदा अर्थात जनैपूर्णिमाको भोलिपल्ट पर्दछ । वर्ष दिनभित्र मरेका मान्छेको दिवंगत आफन्तको सम्झनामा मनाइने धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको यो पर्व नेवार समुदाय रहेका विभिन्न ठाउँमा मनाइने गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here