Home समाचार प्रहरीका १६ डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस

प्रहरीका १६ डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस

0
73

काठमाडौँ, २८ पुस । नेपाल प्रहरीका १६ जना डीएसपीलाई एसपीमा बढुवा गर्न सोमबार बसेको बढुवा समितिको बैठकले सिफारिस गरेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार डीएसपी पुष्पराज मल्ल पहिलो नम्बरमा एसपीमा सिफारिस भएका छन्। धर्मराज भण्डारी, रबिन श्रेष्ठ, दीलिपकुमार गिरी लगायत १५ जना डीएसपीलाई पनि एसपीमा बढुवा गर्न सिफारिस गरिएको छ।

२८ पुस, काठमाडौँ । नेपाल प्रहरीका १६ जना डीएसपीलाई (एसपी)मा बढुवा गर्न सिफारिस गरिएको छ । आज सोमबार बसेको बढुवा समितिको बैठकले सिफारिस गरेको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार पहिलो नम्बरमा डीएसपी पुष्पराज मल्ल सिफारिस भएका छन् । त्यस्तै धर्मराज भण्डारी, रबिन श्रेष्ठ, दीलिपकुमार गिरी, कुमार विक्रम थापा, बुद्ध श्रेष्ठ, मानबहादुर राई, मोहनबहादुर खाण, श्यामु अर्याल, भरत लामा, सागर बोहरा, रामकुमार दानी, छेदीलाल कामती, हरिबहादुर ओली, प्रदीपकुमार सिंह र दिपक भारतीलाई एसपीमा बढुवा गर्न सिफारिस गरिएको छ ।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here