प्रदेश सांसदको सुविधा जनतालाई बाँड्ने दवाडी गोरखा–२ बाट कांग्रेसका उम्मेदवार

0
31

काठमाडौँ, ५ माघ । नेपाली कांग्रेसले गोरखा क्षेत्र नं २ मा पार्टीका युवा नेता प्रकाशचन्द्र दवाडीलाई उम्मेदवारी बनाएको छ ।

विस २०७४ सालमा प्रदेशसभा निर्वाचित सांसद दवाडीलाई अहिले कांग्रेसले प्रतिनिधीसभाको उम्मेदवार बनाएको हो ।

प्रदेश सांसद निर्वाचित भएपछि आफ्नो सांसदवापत पाएको सेवा सुविधा जनताको विकासमा खर्चिदैँ आएका दवाडी गोरखाली जनतामाझ लोकप्रिय रहेका छन् ।

व्यवसायसँगै राजनीतिमा होमिनुभएका दवाडीले गोरखाको विकासका लागि आफूले उम्मेदवारी दिएको बताउनुभयो । उहाँले आफूलाई गोरखा क्षेत्र नं २ को उम्मेदवार बनाएको भन्दै पार्टी नेतृत्व र समग्र गोरखाली जनताप्रति आभार व्यक्त गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here